काठमाडौं । आइतबारको सेयर कारोबार जारी रहँदा गुराँश लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । आजको करोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा सर्किट लागेर कारोबार बन्द भएको हो ।
यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३८ रुपैयाँ १० पैसाले बढेर २ हजार ६१९ रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा १० प्रतिशतले धेरै हो । यो अवस्थामा समग्र सेयर बजार परिसूचक पनि ६ दशमलव ८९ अंकले बढेर २६८५ दशमलव ३६ विन्दुमा पुगेको छ । यो अवधिसम्मको कारोबार जारी रहँदा सेयर बजारमा ४ अर्ब १४ करोड माथिको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्