काठमाडौं । आइतबारको सेयर कारोबार जारी रहँदा जानकी फाइनान्सको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । यस अघि गार्डियन माइक्रो लाइफ, गुराँश लुघवित्त र विन नेपाल लघु वित्तको सेयर मरुल्इमा पनि सकात्मक सर्किट लागेको थियो ।
आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ५२ रुपैयाँ ५० पैसाले बढेर ५७७ रुपैयाँ ५० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा १० प्रतिशतले बढी हो । यो अवस्थामा समग्र सेयर बजार परिसूचक पनि ६ दशमलव ५० अंकले बढेर २६८४ दशमलव ९८ विन्दुमा पुगेको छ भने सेयर बजारमा ४ अर्ब २७ करोड भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्