Skip to content

सेयर बजार बढ्दा पनि न्यादी हाइड्रोमा नकारात्मक सर्किट

काठमाडौं । आइतबार सेयर बजार बढ्दा पनि एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा न्यादी हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

यो कम्पनीको सेयर मूल्य ७८ रुपैयाँ १० पैसाले घटेर ७०३ रुपैयाँ १० पैसा पुगेको छ । यो १० प्रतिशतले कम हो । आजको कारोबार बन्द हुँदा धेरै मूल्य घटेका शीर्ष पाँच कम्पनीमा  एनएलजी इन्स्योरेन्स, एनआइविएल स्टेबल फण्ड, बाराही हाइड्रोपावर पब्लिक  लिमिटेड र कर्पोरेट डेभलपमेन्ट बैैंक रहेका छन् । आज एनएलजि इन्स्योरेन्सको सेयर मूल्य १०५ रुपैयाँले घटेर ९९५ पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ९.५५ प्रतिशतले कम हो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

आज एनआइविएल स्टेबल फण्डको सेयर मूल्य ७.४८ प्रतिशत अर्थात् ०.६६ रुपैयाँले घटेर ८ रुपैयाँ १६ पैसा पुगेको छ । त्यस्तै बाराही हाइड्रोपावरको सेयर मूल्य पनि आज ८८ रुपैयाँ ९० पैसाले घटेर १ हजार ११० रुपैयाँ १० पैसा पुगेको छ ।

यो अघिल्लो कारोबार दिनभन्दा ७.४८ प्रतिशतले कम हो । आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ५.८० प्रतिशत अर्थात् १२५ रुपैयाँले घटेर २ हजार ३१ रपैयाँ पुगेको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्