Skip to content

म्याक्सबेस वान वायरलेस इयरबड्स नेपाली बजारमा

nabil
global ime

काठमाडौं । नेपाली अडियो ब्राण्ड म्याक्सबेसले आफ्नो पहिलो उत्पादन म्याक्सबेस वान वायरलेस इयरबड्स बजारमा ल्याएको छ।

सो म्याक्सबेस वान वायरलेस इयरबड्समा बाहिरको आवाजलाई कम गर्न ४० डिबीसम्मको एक्टिभ न्वाइज क्यान्सलिङ, चारवटा माइक्रोफोनका साथ एआई कल क्यान्सलिङ र एकदमै स्पष्ट आवाजको लागि १३ एमएम डाइनामिक ड्राइभर जस्ता फिचर रहेको छ।

उक्त इयरबड् एकपल्ट चार्ज गरेपछि ६–८ घण्टासम्म मज्जाले चलाउन सकिन्छ र पावर डिस्प्ले समेत भएको चार्जिङ केसले ४८ घण्टासम्म ब्याट्री ब्याकअप दिन्छ।

यस्तै, यस इयरबड्लाई पानीले पनि नबिग्रिने गरी डिजाइन गरिएको बताइएको छ। यसमा भएको ट्रान्सपरेन्सी मोड फिचरले बाहिरको आवाज पनि सुनिन्छ।

यो गेम खेल्ने र संगीत प्रेमीलाई अत्यन्त राम्रो प्रोडक्ट साबित भएको छ। साथै यसमा भएको टच कन्ट्रोलको साहयताले भोल्युम बढाउने तथा फोन उठाउन जस्ता कार्यलाई सजिलो बनाएको छ।

यसको बजारको मूल्य ३ हजार पाँच सय रुपैयाँ रहेको तर अहिले विशेष अफरमा एक हजार ९ सय ९९ रुपैयाँमा नै खरिद गर्न सकिनेछ।

उक्त प्रोडक्टमा ६ महिनाको वारेन्टी, चार्जिङ केबल, इयर टिप्स र म्यानुअल पनि उपलब्ध रहेको छ। इसेवाबाट सुपथ मूल्यमा यो इयरबड्स खरिद गर्न सकिनेछ भने दराजमा समेत विशेष अफरको साथ उपलब्ध छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima