Skip to content

कुम्भ मेलामा सहभागी हुन भारत जाँदै कांग्रेस सभापति देउवा

nabil bank

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारतमा चलिरहेको कुम्भ मेलामा सहभागी हुन त्यसतर्फ जाने भएका छन् । देउवा पत्नी परराष्ट्रमन्त्री आरजु राणा देउवाले उक्त खुलासा गरेकी हुन् ।

ओमनको मस्कटमा रहेकी परराष्ट्रमन्त्री राणालाई भारतीय मिडियाले ‘कुम्भ मेला भ्रमण गर्ने योजना छ ?’ भनी सोधेको प्रश्नमा उनले उक्त जवाफ दिएकी हुन् ।

‘मेरो परिवारका सबै जना गएका छन्, मेरो श्रीमान् चाँडै जाँदै हुनुहुन्छ,’ परराष्ट्रमन्त्री राणाले भनिन् । आफ्नो कार्यव्यस्तताले गर्दा कुम्भ मेलामा सहभागी हुन नसकेको पनि उनले बताएकी छन् । ‘हेरौं, निकट भविष्यमा हुन सक्छ, म जाने आशा गर्छु । मेरो श्रीमान् चाँडै जाने योजनामा हुनुहुन्छ,’ उनले भनेकी छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime