Skip to content

नेसनल लाइफको एमडिआरटी अभिकर्ता सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

nabil bank

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न भएको छ । अभिकर्ताहरुको अन्तर्राष्ट्रिय फोरम एमडिआरटीले एमडिआरटी २०२५ मा छनौट हुनका लागि तोकेको बीमाशुल्क संकलन गरी नेपालभरबाट छनौट भएका १ सय जना एमडिआरटी अभिकर्ताहरुलाई सम्मान गरेको छ ।

उक्त समारोहमा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै केही नयाँ अभ्यासहरु सुरु गरेको र यसबाट अभिकर्ताहरु उत्साही भएको बताए ।

उनले अभिकर्ता सञ्जालको व्यवसायिकरणलाई सधैं उच्च स्थानमा राख्दै विविध मासिक र वार्षिक प्रोत्साहन योजना पेस गर्दै आएकोमा आगामी दिनहरुमा पनि कम्पनीले यसमा यथासंभव लगानी गरिरहने जानकारी गराए ।

जीवन बीमा व्यवसाय दिन प्रतिदिन व्यवसायिक हुँदै गइरहेको परिप्रेक्षमा कम्पनीले आफ्नो तर्फबाट सकभर प्रयास गरी विगत केही वर्षदेखि कम्पनीले उच्च बोनसदर प्रदान गर्दै आएकोले अभिकर्ताहरुलाई व्यवसायमा सहज भइरहेको बताउँदै एमडिआरटी २०२५ मा तोकिएको करिब ४७ लाख देखी ३ करोड सम्मको बीमाशुल्क संकलन गरी ९४ जनाले एमडिआरटी ३ जनाले सिओटी र २ जनाले टिओटीको गरिमामय लक्ष्य हासिल गर्न सफल सबै १०० जना अभिकर्ताहरुलाई विशेष सम्मान गरे ।

साथै, निरन्तर ५१ दिनसम्म ५१ बीमालेख जारी गर्न सफल एमडिआरटी अभिकर्ता रुपक पराजुली र सबै भन्दा बढि एमडिआरटी अभिकर्ता उत्पादन गर्न सफल कलंकी शाखालाई पनि सम्मान गरे ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सो कार्यक्रममा सहभागि भएका प्रदेश प्रमुख, शाखा प्रमुख लगायत मार्केटिङ कर्मचारी र अभिकर्ताहरुलाई चर्चित अन्तर्राष्ट्रिय मोटिभेसनल स्पिकर विजय कुमार झाले जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गरी निरन्तर एमडिआरटीको लक्ष्य पूरा गराउने उद्देश्यले विभिन्न उदाहरण प्रस्तुत गर्दै तालिम प्रदान गरे ।

विभागीय प्रमख, प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरुको समेत उपस्थिती रहेको सो भव्य समारोहमा विभिन्न मनोरन्जानात्मक प्रस्तुति, उपलब्धिमूलक उत्प्रेरक तालिम र उच्चस्तरको सम्मान कार्यक्रममा सम्मानित भई प्रमुख कार्यकारी अधिकृतज्यूबाट सम्मान ग्रहण गर्न पाउँदा आफहरुले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागिेको सम्मानित बिजनेश लिडरहरुले बताएका थिए ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime