Skip to content

फोर नेसन्स फुटबल च्याम्पियनसिप : नेपालको विजयी सुरुआत, कीर्गिज टोलि १–० ले पराजित

nabil bank

काठमाडौं । आजबाट सुरु भएको फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपमा नेपालले विजयी सुरुआत गरेको छ । दशरथ रंगशालामा भएको पहिलो खेलमा नेपालले कीर्गिस्तानलाई १–० गोलले पराजित गर्दै विजयी सुरुआत गरेको हो ।

नेपालकी बिमला चौधरीले खेलको १०औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यसअघि आजै भएको पहिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ गोलले पराजित गरेको थियो । खेलका क्रममा नेपालले किर्तिस्थानको तुलनामा धेरै अवसर पाएपनि गोल गर्न सकेन ।

अब नेपालले दोस्रो खेल फागुन ८ गते लेबलानसँग खेल्नेछ । तेस्रो खेल फागुन ११ गते म्यानबारसँग खेल्नेछ । ४ देश सहभागी च्याम्पियनसिपमा शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime