काठमाडौं । सोमबार सेयर बजार उच्च अंकले बढेको दिन एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा ७४ कम्पनीको सेयर मूल्य घटेको दिन सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।
आजको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्य १४० रुपैयाँ ९० पैसाले घटेर १ हजार २६८ रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । त्यस्तै आज धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा कुमारी सफल योजना, सेन्ट्रेल फाइनान्स, ग्रिन डेभलपमेन्ट बैंक र बेष्ट फाइनान्स रहेका छन् ।
कुमारी सबल योजनाको सेयर मूल्य ६ प्रतिशत अर्थात् ०.५९ रुपैयाँले घटेर ९.२४ रुपैयाँ पुगेको छ । त्यस्तै आज सेन्ट्रल फाइनान्सको सेयर ३० रुपैयाँले घटेर ६२७ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.५७ प्रतिशतले कम हो ।
आजको कारोबार बन्द हुँदा ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य ६५ रुपैयाँले घटेर १ हजार ४७० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.२३ प्रतिशतले कम हो । आज बेष्ट फाइनान्सको सेयर मूल्य पनि ३.८६ प्रतिशत अर्थात् २६ रुपैयाँ ८० पैसाले घटेर ६६८ रुपैयाँ पुगेको छ ।






प्रतिक्रिया दिनुहोस्