Skip to content

बीमा कम्पनीहरुको लाभांश : ४ जीवन र ५ निर्जीवन गरी ९ कम्पनीले घोषणा गरे बोनस, १९ वटाको बाँकी

काठमाडौं । यो लाभांश घोषणा गर्ने र पारित गरी वितरण गर्ने सिजन हो । अधिकांश कम्पनीहरुले यो समयमा नै लाभांश पारित गरेर वितरण गर्ने गरेका छन् । बीमा क्षेत्रका कम्पनीहरुमध्ये हालसम्मा आर्थिक वर्ष २०८०/८१ को नाफाबाट वितरण हुने लाभांश घोषणा गर्ने जम्मा ९ कम्पनी मात्रै छन् ।

हालसम्मा ४ वटा जीवन बीमा कम्पनी र ५ वटा निर्जीवन बीमा कम्पनीले मात्रै आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश सार्वजनिक गरेका छन् । हाल ठूला जीवन बीमा र निर्जीवन बीमा कम्पनीहरु १४÷१४ वटा गरी २८ वटा रहेका छन् । तीमध्ये ९ वटाले मात्रै हालसम्मा लाभांश घोषणा गरेका छन् ।

Hyundai

अहिलेसम्मा लाभांश घोषणा गर्ने जीवन बीमा कम्पनीमा हिमालयन लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, सूर्यज्योति लाइफ र आइएमई लाइफ इन्स्यारेन्स रहेका छन् । त्यस्तै निर्जीवन बीमा कम्पहीहरुमा हिमालयन एभरेष्ट इन्स्योरेन्स, आइजिआइ प्रुडेन्सियल इन्स्योरेस, सानिमा जिआईसी इन्स्योरेन्स्, शिखर इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स छन् ।

लाभांश घोषणा गरेको जीवन बीमा कम्पनीहरू:

सूर्यज्योति लाइफ इन्स्योरेन्स

लाभांश घोषणा गर्ने जीवन बीमा कम्पनीहरुमध्ये अर्को कम्पनी हो सूर्यज्योति लाइफ इन्स्योरेन्स । यो कम्पनीले आर्थिक वर्ष २०८०÷८१ को नाफा बाट आफ्ना सेयरधनीहरुलाई २० प्रतिशत लाभांश घोषणा गरेको छ । यो कम्पनीले साधारणसभाको आयोजना गरेर उक्त लाभांश वितरण समेत गरिसकेको छ । यो कम्पनीले पुस ६ गते साधारणसभा सम्पन्न गरेको हो ।

नेपाल लाइफ इन्स्योरेन्स

नेपाल लाइफ इन्स्योरेन्सले पनि आफ्ना सेयधनीहरुलाई आर्थिक वर्ष २०८०÷८१ को लाभांश वितरण गरिसकेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई २१.०५ प्रतिशत लाभांश वितरण गरेको हो । जसमध्ये १० प्रतिशत बोन सेयर र ११.०५ प्रतिशत नगद रहेको छ । यो कम्पनीले माघ २८ गते साधारणसभा बाट लाभांश पारित गरि सेयरधनीको खातामा जम्मा समेत गरिसकेको छ ।

आइएमई लाइफ इन्स्योरेन्स

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०८०÷८१ को मुनाफाबाठ २१.०५२६४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले उक्त लाभांश नगदमा वितरण गर्ने निर्णय गरेको छ । हाल कम्पनील बुक ब्लोज मिति तय गरेको छैन ।

आकर्षक प्रतिफल घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्तापुँजीको २१.०५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले फागुन २५ गतेका लागि साधारणसभा बोलाएको छ भने फागनु १५ गते एक दिन बुक ब्लोज गर्ने भएको छ । यस आधारमा पुस १४ गतेसम्मा कायम सेयरधनीले यो कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन् ।

हिमालयन लाइफ इन्स्योरेन्स

लाभांश घोषणा गर्ने अर्को कम्पनीको हिमालयन लाइफ इन्स्योरेन्स आर्थिक वर्ष २०८०÷८१ को नाफाबाट वितरण गर्ने लाभांष घोषणा गरेको छ । कम्पनीले चुक्ता पुँजीको १४ प्रतिशत लाभांश घोषणा गरेको हो । उक्त लाभांश प्रास्ताव पारि गर्नका लागि यही फागु ११ गते कम्पनीको साधारणसभासमेत आह्वान गरिएको छ । १४ प्रतिशत बोनस सेयरमा लाग्ने कर भने सेयरधनी आफैले तिुर्न पर्ने कम्पनीले जनाएको छ । लाभांश वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले माघ २५ गते बुक क्लोज गरिसकेको छ ।

लाभांश घोषणा गरेको निर्जीवन बीमा कम्पनीहरू:

शिखर इन्स्योरेन्स

शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमा १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश रहेने छ । यो कम्पनीले माघ ३० गतेदेखि साधारणसभा सम्पन्न नहुदासम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । कम्पनीको २० औँ साधारणसभा फागुन १३ गते आयोजना हुँदैन ।

सानिमा जीआईसी इन्स्योरेन्स कम्पनी

सानिमा जिलाईसी इन्स्योरेन्सले आफ्ना सेयधनीहरुलाई ७.८९४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमध्ये ७.५ प्रतिशत बोनस र ०.३९४७ प्रतिशत नगद (कर प्रयोजन) का लागि रहेको छ । कम्पनीले साधारणसभाको मिति भने घोषणा गरेको छैन । उक्त लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएर साधारणसभाबाट पारित भएपछि मात्रै वितरण हुने छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स

हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूाजीको ८.७५ प्रतिशत नगद (लाभांशमा लाग्ने करसमेत) लाभांश दिने निर्णय गरेको छ । कम्पनीले बुक क्लोज मिति तय गरेको छैन् । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गरिने छ । कम्पनीले फागुन २७ गतेका लागि साधारणसभा बोलाएको छ ।

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पुँजीको ९.७३६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । उक्त लाभांश नगदमा वितरण गर्ने कम्पनीले निर्णय गरेको छ । उक्त लाभांश बीमा प्राधिकरणले स्वीकृति गरेर साधारणसभाबाट पारित भए पछि सेयधनीहरुले पाउने छन् । कम्पनीले फागुन २५ गतेका लागि साधारणसभा बोलाएको छ भने फागनु ११ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स

यो कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई ३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । त्यसका लागि कम्पनीले फागुन १५ गते साधारणसभा समेत बोलाइसकेको छ । यो कम्पनीले फागुन २ गते एक दिन बुक क्लोज समेत गरिसकेको छ ।

अहिले १० वटा जीवन बीमा कम्पनी र ९ वटा निर्जीवन बीमा कम्पनीले लाभांश घोषणा गर्न बाँकी रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्