काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ कम्पनीको बोनस सेयर आइतबार सूचीकृत भएको छ । नेप्सेमा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्लोबल आईएमई बैंकको बोनस सेयर सूचीकृत भएको छ । दुई कम्पनीको कुल २ करोड २२ लाख ५२ हजार ५ सय ६१.३१ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा छिमेक लघुवित्तको ८ प्रतिशत बोनस बापतको २३ लाख ८१ हजार ७ सय ३७.६८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
ग्लोबल आईएमई बैंक लिमिटेडको ५.५० प्रतिशत बोनस बापतको १ करोड ९८ लाख ७० हजार ८ सय २३ कित्ता सेयर सूचीकृत भएको हो । साथै, अब नेप्सेमा दोस्रो बजारमा आज सोमबारदेखि कारोबारमा आउनेछ ।
प्रतिक्रिया दिनुहोस्