Skip to content

सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा समग्र बजार बढेर कारोबार भइरहँदा सप्तकोशीमा भने नकारात्मक सर्किट लागेको हो ।

यो कम्पनीको सेयर मूल्य १४० रुपैयाँ ९० पैसाले घटेर १ हजार २६८ रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । आज समग्र बजार परिसूचक भने यो समाचार तयारपार्दासम्ममा ३४ दशमलव ६४ अंकले बढेर २७३२ दशमलव ६८ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.२८ प्रतिशतले बढी हो । यो अवस्थामा सेयर बजारमा ७ अर्ब ७८ करोड माथिको कारोबार भएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्