Skip to content

क्रेस्ट माइक्रो लाइफको आईपीओ बाँडफाँट

nabil bank

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ फागुन ५ गते बाँडफाँट गरेको छ।

उक्त कम्पनीले गत माघ १५ गतेदेखि २९ गतेसम्म पहिलो चरणको आईपीओ बिक्री खुला गरेको थियो। बिक्री अवधिभर ४७ हजार ५ सय १६ जनाले आवेदन दिएका थिए जसमध्ये २२ हजार ५ सय जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।

कम्पनीले जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। यसको १० प्रतिशत अर्थात् २ लाख २५ हजार कित्ता पहिलो चरणको रूपमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिएको हो।

अब कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi