Skip to content

फागुनभित्रै डेनमार्कको मुद्रा सटही गर्न राष्ट्र बैंकको निर्देशन

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले युरोपेली मुलुक डेनमार्कको मुद्रा डेनिस क्रोनर फागुन मसान्तभित्र सटही गरिसक्न सूचना जारी गरेको छ ।

यसै फागुन मसान्त अर्थात् सन् २०२५ को मार्च १३ पछि डेनमार्कको केन्द्रीय बैंकले डेनिस क्रोनरको कानुनी ग्राह्यता खारेज गरेको छ ।

कानुनी ग्राह्यता खारेज भएका त्यस्ता डेनिस क्रोनर नोटको सटही मार्च १३ पछि गर्न बैंक बाध्यकारी हुने छैन । सोहीअनुसार नेपाली मितिअनुसार फागुन मसान्तसम्म यस्ता नोट सटही गरिसक्न राष्ट्र बैंकले सूचना जारी गरेको हो ।

कानुनी ग्राह्यता खारेज गरिएका बैंक नोटको विवरण डेनमार्कको केन्द्रीय बैंकको वेबसाइटमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life