Skip to content

त्रिवि सेवा आयोगले माग्यो ७ सय बढी कर्मचारी

काठमाडौं। त्रिवि सेवा आयोगले त्रिभुवन विश्वविद्यालयअन्तर्गतका विभिन्न निकायका लागि ७ सयभन्दा बढी कर्मचारी माग गरेको छ । आयोगले आज मंगलबार एक सूचना जारी गरी ठूलो संख्यामा आन्तरिक तथा खुला प्रतिस्पर्धाका लागि कर्मचारी दरखास्त आह्वान गरेको हो ।

आयोगले शाखा अधिकृतदेखि कार्यालय सहायकसम्मको पदका लागि आवेदन खुलाएको हो । आयोगले प्राविधिक र अप्राविधिक दुवै पदका लागि विज्ञापन खुला गरेको छ ।

Hyundai

सो आवेदनका लागि अधिकृत तृतीयस्तरका लागि २ हजार ८ सय रुपैयाँ, मुख्य सहायक प्रथमका लागि २ हजार रुपैयाँ, सहायक द्वितीय पदका लागि १ हजार ५ सय रुपैयाँ र थप समोवशी पदका लागि २० प्रतिशत दस्तुर अनलाइनमार्फत बुझाउनुपर्ने व्यवस्था गरेको छ ।

आयोगले चैत ११ गतेसम्म तोकिएको तस्तुरमा र चैत १८ गतेसम्म दोब्बर दस्तुरमा आयोगको बेवसाइटबाट दरखास्त दिन सक्ने जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्