Skip to content

भोलिदेखि भृकुटीमण्डपमा १० औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

nabil bank

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा १० औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी फागुन ८ गतेदेखि ११ गतेसम्म हुने भएको छ ।

सो प्रदर्शनीमा विभिन्न देशका ३ सयभन्दा बढी कम्पनीका १ सय ५० बढी स्टल रहनेछन् । प्रदर्शनीमा निर्माणसम्बन्धी उद्योग, कम्पनी, डिलर तथा सब डिलरहरु र विक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने प्रदर्शनी र स्टलहरु रहने मिडिया स्पेश सोलुसन्स प्रालिका प्रवन्ध निर्देशक सिर्जल भट्टराईले बताए ।

भट्टराईकाअनुसार निर्माण क्षेत्रमा आएका नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउने उद्देश्यले प्रदर्शनी गर्न लागिएको हो । अन्तर्राष्ट्रिय प्रदर्शनीमा कन्स्ट्रक्शन मेटेरियल्स, कन्स्ट्रक्शन मेसिनरी, प्रिफ्याब स्ट्रक्चर, युपिभिसी विन्डोज मेसिनरी, युपिभिसि प्रोफाइल, डोर्स एण्ड विन्डोज, आर्किटेक्चर हार्डवेयर,बाथरुम फिटिङ्स, पाइप, टायल्स एण्ड स्यानिटरी वायर, रफिङ, प्रि इन्जिनियरिङ बिल्डिङ, पावर टुल्स, विन्डोज लगायतका सामाग्रीहरु रहनेछन् ।

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिले संयुक्त रुपमा आयोजना गरेको प्रदर्शनीले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरु र नविनतम प्रविधि प्रमुख आकर्षण हुने विश्वास लिएको प्रवन्ध निर्देशक भट्टराईले बताए ।

उनले प्रदर्शनी बहान १० बजेदेखि बेलुका ६ बजेसम्म हुने र ४ दिन सञ्चालन हुने जानकारी दिए । प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको र ४ दिनमा ४५ हजार जनाले अवलोकन गर्ने विश्वास लिएको बताए ।

प्रदर्शनीले नेपालमा उत्पादन भइरहेका सामग्री र प्रविधिहरुलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म लैजान सहयोग पुग्ने विश्वास आयोजकले लिएका छन् । प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका आर्कीटेक्ट, इन्जिनियरस, कन्ट्रयाक्टर, विल्डर, इन्टिरियर डिजाइनरहरुको उल्लेख्य सहभागिता रहने बताएका छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime