काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । अघिल्लो दिन तोलामा ७०० रुपैयाँले बढेको सुन आज तोलामा १ हजार १०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यो नेपाली बजारमा हालसम्मकै उच्च मूल्य १ लाख ७१ हजार रुपैयाँभन्दा मात्रै ५०० रुपैयाँले कम हो । अघिल्लो दिन सुन तोलामा १ लाख ६९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ९८५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।






प्रतिक्रिया दिनुहोस्