Skip to content
Prabhu

पोर्चुगलमा ‘एएनओ’ को शाखा

लिस्बन । विश्वका विभिन्न देशमा बसोबास गर्ने नेपाली भाषीहरूको अन्तर्राष्ट्रिय संस्था ‘एसोसिएसन अफ नेपाली ओरिजिन’ (एएनओ) को पोर्चुगल शाखा गठन गरिएको छ । राजधानी लिस्बनमा भएको भेलाले पोर्चुगल निवासी दिनेश विष्टको नेतृत्वमा २७ सदस्यीय एएनओको राष्ट्रिय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा छवि पौडेल, महासचिवमा ध्रुव ठकुरी र कोषध्यक्षमा अनु गुरुङ चयन भएका छन् ।

यस्तै, एसोसिएसनको सदस्यहरूमा विष्णुबहादुर घर्ती, अनन्त तिवारी, अर्जुन सोनाम, समिर भट्टराई, उज्वल ढकाल, पुस्करराज जोशी, अमृत विश्वकर्मा, बिमल कार्की, सविना मनाङथेन, किकी मगर, टीका गर्बुजामगर, गोपाल राज पोखरेल, तेन्जी नीमा शेर्पा, दा ल्हामु शेर्पा, सुमी खतिवडा, रञ्जना तामाङ, अधि सोताङ् राई, वीरेन राई, पुष्पबाहदुर चलाउने, रेजिना उप्रेति, सूर्य बोहोरा, विक्रम आचार्य र अनुप रानामगर रहेका छन् ।

global
अर्घाखाँची सिमेन्ट

त्यस अवसरमा एएनओका संस्थापक महासचिव चूडामणि भट्टराईले विश्वभर छरिएर रहेका नेपालीमूलका नेपाली भाषी आफ्नो पहिचान स्थापित गर्नका लागि सङ्गठित हुनुपर्नेमा जोड दिए । उनले संसारभर रहेका नेपाली भाषीलाई सङ्गठित गर्दै नेपालसँग सांस्कृतिक, सामाजिक र आर्थिक सम्बन्ध सुदृढ पार्ने उद्देश्य र परिकल्पनाका साथ एएनओको स्थापना गरिएको बताए ।

एएनओ बोर्ड अफ ट्रस्टिका सदस्य ओमराज गुरूङले नेपालीमूलका नेपाली विश्वको जुनसुकै ठाउँमा रहे पनि आफ्नो भाषा, कला, संस्कृति र परम्पराको संरक्षण गर्दै सांस्कृतिक एकता मजबुत पार्न एएनओले सहयोग गर्ने बताए। एसोसिएसनका युरोप संयोजक दीपक धिताल, गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका संस्थापक अध्यक्ष पूर्णबहादुर हमाल, नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलका अध्यक्ष चोपकुमार मगर एसोसिएसनका केन्द्रीय सदस्य दिपेश विष्टलगायतले आफ्नो धारणा राखेका थिए।

एएनओमा नेपालीमूलका नेपालीभाषीको बृहत् भेलाले सन् २०२४ गठन गरिएको थियोे ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal