गण्डकी । पोखरा विश्वविद्यालयको २० औं दीक्षान्त समारोह आज पोखरा महानगरपालिका–३० ढुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा हुँदैछ ।
समारोहमा विभिन्न तह र विषयका ७ हजार ८ सय ७२ जना विद्यार्थी उपाधि प्रदान गरिने विश्वविद्यालयका डिन डा. अजय थापाले जानकारी दिए।
विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा हुने समारोहमा शिक्षाविद् जर्ज जोनले दीक्षान्त मन्तव्य व्यक्त गर्ने कार्यक्रम छ ।






प्रतिक्रिया दिनुहोस्