काठमाडौं । बिहीबारको प्रि ओपन सेसनमा नेप्से सूचक साढे १ अंकले घटेर बन्द भएको छ । साताको सेयर कारोबार हुने अन्तिम दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक १.६९ विन्दुले घटेको हो ।
आजको प्रि ओपन सेसन पछि परिसूचक २७३८ दशमलव ९० अंकमा पुगेको छ । आजको यो सेसनमा ५० लाख ६८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
८१ कम्पनीको ७ हजार ६ सय कित्ता सेयर कारोबार भएको छ । उक्त सेसनमा ३३ कम्पनीको मूल्य बढेको छ भने ३४ कम्पनीको घटेको छ । यो सेसनमा कुल १३५ वटा कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्