काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको फागुन ७ गते बसेको सञ्चालक समितिको बैठकले शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न पूर्व स्वीकृतिका लागि विद्युत नियमन आयोगमा निवेदन दिने निर्णय गरेको हो ।
कम्पनीले १५ मेगावाट क्षमताको सिसुवा खोला जलविद्युत आयोजनामा लगानी गर्न र ८.५ मेगावाटको अपर हेवाखोला साना जलविद्युत आयोजना निर्माण गर्दा लागेको ऋण तिर्नका लागि हकप्रद निष्कासन गर्न लागेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्