Skip to content
Prabhu

गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । बिहीबार पनि गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । अघिल्ला कारोबारहरुमा पनि लगातार सकारात्मक सर्किट लागेर कारोबार भएको कम्पनीको सेयर मूल्यमा आज पनि सर्किट लागेको हो ।

यो कम्पनीको सेयर मूल्य आजको कारोबार जारी रहँदा ६४ रुपैयाँ ४० पैसाले बढेर ७०९ रुपैयाँ ३० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ९.९९ प्रतिशतले धेरै हो । यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागे पनि समग्र बजार परिसूचक भने यो अवस्थामा घटेको छ ।

global
अर्घाखाँची सिमेन्ट

यो अवधिमा सेयर बजार परिसूचक ३ दशमलव ११ अंकले घटेर २७३७ दशमलव ४८ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा १ अर्ब ४२ करोड माथिको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal