काठमाडौं । बिहीबारको कारोबार जारी रहँदा बाराही हाइड्रोपावर पब्लीक कम्पनी लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार खुलेको पहिलो एक घण्टाको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर कारोबार भएको हो ।
यो कम्पनीको सेयर मूल्य १२४ रुपैयाँ ५० पैसाले घटेर १ हजार १२० रुपैयाँ ५० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा १० प्रतिशतले कम हो । यो अवस्थामा समग्र बजार परिसूचक पनि १० दशमलव ७८ अंकले घटेर २७२९ दशमलव ८१ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा १ अर्ब ७४ करोड माथिको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्