काठमाडौं । नेपालको व्यापार घटा अझै बढ्दै गएको छ । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा नेपालको व्यापार घाटा ८ खर्बभन्दा बढी पुगेको हो ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा नेपालले ९ खर्ब ८८ अर्ब ५८ करोड ७७ लाख रुपैयाँको वस्तु आयात गर्दा जम्मा १ खर्ब २७ अर्ब २० करोड ४८ लाख रुपैयाँको वस्तु निर्यात गरेको छ । चालु आर्थिक वर्षको ७ महिनाको अवधिममा नेपालको निर्यात १०.०९ प्रतिशतले बढेको हो । गत आवको माघ मसान्तसम्ममा नेपालले विदेशबाट ८ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख रुपैयाँको वस्तु निर्यात गरेको थियो ।
चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा नेपालले निर्यात पनि ४६.५० प्रतिशतले वृद्धि भएको छ । गत आवको सोही अवधिमा नेपालले ८६ अर्ब ८३ करोड ९१ लाख रुपैयाँको वस्तु निर्यात गरेको थियो । आयात निरन्तर बढेकै कारण व्यापार घाटा अझै उच्च नै रहेको छ । चालु आवको पहिलो सात महिनामा व्यापार घाटा ८ खर्ब ६१ अर्ब ३८ करोड २८ लाख रुपैयाँ पुगेको छ ।
कुल वैदेशिक व्यापार १३.३० प्रतिशतले वृद्धि भएर १ खर्ब ११ खर्ब ५७ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । यसमा निर्यातको योगदान वृद्धि हुँदै गएको देखिए पनि आयातको हिस्साले अझै ठूलो स्थान ओगटेको छ । आयात–निर्यात अनुपातमा सुधार आएको देखिन्छ ।
अघिल्लो वर्षको पहिलो ७ महिनामा आयात–निर्यात अनुपात १०.३४ थियो भने यस वर्ष यो अनुपात घटेर ७.७७ मा झरेको छ । जसले आयातको तुलनामा निर्यातमा सुधार भइरहेको संकेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्