Skip to content
Prabhu

नेप्से परिसूचक सामान्य अंकले बढ्यो, कारोबार रकम ८ अर्बमा सीमित

काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिनको नेप्से परिसूचक सामान्य अंकले बढेर बजार बन्द भएको छ । अघिल्ला तीन दिन लगातार रूपमा बढेको बजार आज पनि ३ दशमलव १४ अंकले बढेर बन्द भएको हो ।

आजको कारोबार बन्द हुन्दा नेप्से परिसूचक २७४३ दशमलव ७४ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १५८ कम्पनीको सेयर मूल्य घटेको छ भने ८१ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । त्यस्तै ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

global
अर्घाखाँची सिमेन्ट

त्यस्तै, आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने १ दशमलव ९० अंकले घटेर ४५७ दशमलव ९८ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ९ वटाको सेयर मूल्य घटेको छ भने ४ वटाको मात्रै बढेको छ ।

परिसूचक बढे पनि आज कारोबार रकममा कमी आएको छ । अघिल्लो कारोबार दिनमा १० अर्बभन्दा माथिको कारोबार भएको बजारमा आज साढे ८ अर्बभन्दा माथिको मात्रै कारोबार भएको छ ।

आज सेयर बजारमा ३०९ कम्पनीका १ करोड ५६ लाख ३७ हजार ६ कित्ता सेयर ८६ हजार २२३ पटक खरिद बिक्री हुँदा ८ अर्ब ६२ करोड ७६ लाख ८७ हजार ५९९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal