Skip to content
Prabhu

सेयर बजार सामान्य बढेको दिन गार्डियन माइक्रोलाइफको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । बिहीबारको सेयर कारोबार बन्द हुँदा नेप्से परिसूचक ३ अंकले बढेर बन्द हुँदा एउटा कम्पनीमा भने सकारात्मक सर्किट लागेको छ । आज गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आज यो कम्पनीको सेयर मूल्य ६४ रुपैयाँ ४० पैसाले बढेर ७०९ रुपैयाँ ३० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो । यो कम्पनीको सेयर मूल्य कारोबार खुलेदेखि नै सकारात्मक सर्किट लागेर कारोबार भइरहेको छ । त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा विन नेपाल लघुवित्त, अपर हेवाखोला हाइड्रोपावर, लक्ष्मी लघुवित्त र उपकार लघुवित्त छन् ।

global
अर्घाखाँची सिमेन्ट

आजको कारोबार बन्द हुँदा विन नेपाल लघुवित्तको सेयर मूल्य ३४९ रुपैयाँ १० पैसाले बढेर ३ हजार ९५० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.६९ प्रतिशतले धेरै हो । त्यस्तै आज अपर हेवाखोलाको सेयर मूल्य ९.१४ प्रतिशत अर्थात् ७९ रुपैयाँ ८० पैसाले बढेर ९५२ रुपैयाँ ८० पैसा पुगेको छ ।

त्यस्तै आज लक्ष्मी लघुवित्तको सेयर मूल्य पनि १०२ रुपैयाँले बढेर १ हजार ३४५ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.२१ प्रतिशतले धेरै हो । त्यस्तै उपकार लघुवित्तको सेयर मूल्य पनि आज ८.१० प्रतिशत अर्थात् ४०१ रुपैयाँले बढेर ५ हजार ३४९ रुपैयाँ पुगेको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal