Skip to content

करिब ३३ हजार वर्गमिटरमा ढुंगा बिछ्याउँदै कामपा

nabil bank

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा करिब ३३ हजार वर्गमिटरमा ढुङ्गा बिछ्याउने भएको छ । महानगरका लागि कूल ३२ हजार आठ सय ५१ वर्गमिटर ढुङ्गा विछ्याउने लक्ष्यसहित काम भइरहेको जनाएको छ ।

महानगरको सार्वजनिक निर्माण विभागले चालु आवमा सार्वजनिक खरिद प्रक्रियाबाट सात वटा प्याकेजमा आठवटा योजना कार्यान्वयन ल्याइएकोमा पाँचवटा योजना सम्पन्न भएको जनाएको छ । सम्पदा क्षेत्रको मौलिकता संरक्षण गर्ने, सहरी सुन्दरता अभिवृद्धि गर्ने, पैदलयात्रीको यात्रा सहज बनाउने उद्देश्यसहित सम्पदा क्षेत्र, पैदलमार्ग, भित्री सडक तथा गल्लीमा ढुङ्गा विछ्याउने काम भइरहेको हो।

विभागका प्रमुख सुरज शाक्यका अनुसार योजना वडा नं ६, ८, १२, २१, २६ र २७ गरी ६ वटा वडा र हनुमान ढोका दरबार संरक्षण क्षेत्रमा काम भइरहेको छ । यसका लागि २९ करोड ४७ लाख ८८ हजार आठ सय ५९ रुपैयाँ लागत अनुमान गरिएको थियो ।

सम्पन्न भएका पाँचवटा योजनामार्फत १० हजार सात सय २९ वर्गमिटर क्षेत्रमा ढुङ्गा विछ्याइसकिएको छ । यसअन्तर्गत वडा नं ८ को जयवागेश्वरी मार्ग सिफल सेतो ढोकादेखि जयबागेश्वरी चोकसम्मको एक हजार चार सय ८५ वर्गमिटर मार्गको काम सकिएको छ । यसको लागत रु एक करोड २६ लाख ६० हजार हो । वडा नम्बर १२ को ह्युमत खोल्सापाखा, ह्युमतदेखि लगनसम्मको एक हजार आठ सय २५ वर्गमिटर मार्गमा ढुङ्गा विछ्याइसकिएको छ । यसको लागत एक करोड ५४ लाख ६८ हजार आठ सय रुपैयाँ हो ।

वडा नं २१ को लगन चोकमा दुई हजार ९२ वर्गमिटर क्षेत्रको काम सकिएको छ । यसको लागत रु एक करोड ३६ लाख २९ हजार सात सय २७ रहेको छ । वडा नं २६ को कुमारीकृपा मार्गको एक हजार १७ वर्गमिटर क्षेत्र र वडा नम्बर ६ को रामहिटी मार्गमा पाँच सय २० वर्गमिटर क्षेत्रमा रु ४४ लाख ८७ हजार ६ सयमा काम सम्पन्न भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime