Skip to content

महाआरतीका समयमा चन्द्रागिरि केबलकारको टिकटमा ५० प्रतिशत छुट

nabil bank

काठमाडौं । चन्द्रागिरी भालेश्वर महादेव मन्दिर परिसरमा फागुन १४ गते बुधबार पर्न गएको महाशिवरात्रिको पावन अवसरमा विशेष भक्तिमय उत्सव आयोजना हुने भएको छ ।

महाशिवरात्रीमा चन्द्रागिरिमा अवस्थित भालेश्वोर महादेवको महिमालाई जोड्दै विशेष भक्तिमय उत्सव आयोजना गर्न लागिएको हो । महाशिवरात्रिको पूरै दिन भालेश्वर मन्दिर परिसरमा विशेष भक्तिमय भजन कार्यक्रमसमेत सञ्चालन हुनेछ । साथै साँझ ५ बजेपछि विशेष महाआरती हुने छ ।

चन्द्रागिरि हिल्सले महाआरतीलाई लक्षित गर्दै साँझ ४ बजेदेखि ६ बजेसम्मको केबलकार टिकटमा ५० प्रतिशत प्रतिशत छुट प्रदान गर्ने विज्ञप्तिमार्फत जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime