Skip to content

यस वर्ष व्यापार सुस्त हुने वालमार्टको प्रक्षेपण, अमेरिकी अर्थतन्त्रमा समस्या देखिने चिन्ता

nabil bank

एजेन्सी । अमेरिकी उपभोक्ताहरु मूल्यवृद्धिका कारण उत्पन्न संकटको समयमा सस्ता र अत्यावश्यक सामानका लागि वालमार्टतर्फ आकर्षित भएका थिए । तर वालमार्टले भने सन् २०२५ अमेरिकीहरुका लागि चुनौतीपूर्ण हुने बताएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्यारिफ बढाएपछिको समयमा भने उपभोक्ताहरु आक्रोशित भएको उसको प्रतिक्रिया छ ।

बिहीबार वालमार्टले यस वर्ष बिक्री र नाफा वृद्धि सुस्त हुने बताइसकेको छ । उक्त प्रक्षेपणपछि बिहीबार कम्पनीको शेयर मूल्य छ प्रतिशतले ओरालो लागेको छ । यसले गर्दा डाओ पनि एक प्रतिशतभन्दा बढीले घटेको छ ।

तर कम्पनीले आफ्नो व्यवसाय अपेक्षाकृत रुपमा राम्रो नै रहने बताएको छ । कम्पनीले यस वर्ष बिक्रीको वृद्धिदर ४ प्रतिशत र नाफा वृद्धिदर ५.५ प्रतिशत हुने बताएको छ । जुन लगानीकर्ताको अपेक्षाभन्दा केही कम हो ।
वालमार्ट अमेरिकामा सबैभन्दा ठूलो रिटेलर हो । फिच रेटिङका वरिष्ठ निर्देशक डेभिड सिल्भरम्यानले उपभोक्ताहरुको मनोभावनामा गिरावट र विशेष गरी कम आय भएका उपभोक्ता र ट्यारिफका कारण खुद्रा बजारमा अस्थिरता रहने बताए ।

वार्षिक एक लाख डलरभन्दा बढी आम्दानी गर्ने उपभोक्ताहरु किराना सामानमा बचत गर्न खोज्दै वालमार्टको विकासलाई पछिल्ला केही वर्षमा योगदान दिएका छन् । वालमार्टले अमेजनलाई प्रतिष्पर्धा गर्न बलियो अनलाइन प्रणाली समेत बनाएको छ । यसले हजारौँ स्थानमा अनलाइन खरिद र स्टोरको विकल्प पनि थपिेको छ ।

हालै त्यहाँका राष्ट्रपतिले चीनबाट आयात हुने सामानमा १० प्रतिशतको ट्यारिफ र स्टील तथा आल्मुनियम आयातमा २५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरिसकेका छन् । उनले मेक्सिको र क्यानडामा ट्यारिफ मार्चसम्म रोक्ने र पारस्परिक ट्यारिफ लगाउने बताइसकेका छन् । जसका कारण अमेरिकाको अर्थतन्त्रमा समस्या सृजना गर्ने वालमार्टको बुझाइ छ ।

सीएनएनको नयाँ सर्वेक्षण अनुसार, देशभरका ६२ प्रतिशतले राष्ट्रपति डोनाल्ड ट्रम्पले दैनिक उपभोग्य वस्तुहरूको मूल्य घटाउन पर्याप्त प्रयास नगरेको महसुस गरेका छन्।

गत महिना उपभोक्ता मूल्यहरू डिसेम्बरको तुलनामा ०.५ प्रतिशत ले वृद्धि भयो । यो एक वर्षभन्दा बढी समयको सबैभन्दा छिटो वृद्धि हो । ऊर्जा र खाना लागतले अझै पनि प्रभाव पारिरहेको छ। घातक बर्ड फ्लुको कारण अण्डाको मूल्यमा ठूलो वृद्धि भएको छ।

वॉलमार्टले अण्डाको मूल्य वृद्धिको बावजुद यस वर्ष सामान्य मुद्रास्फीति एक प्रतिशतदेखि २ प्रतिशतसम्म हुने अनुमान गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime