काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न पदहरूमा आवेदन माग गरेको छ । कम्पनीले विभिन्न पदमा ६९ जनाका लागि आवेदन माग गरेको हो ।
कम्पनीले उप प्रबन्धक नवौं तहदेखि जुनियर टेक्निसियन तेस्रो तहसम्मका लागि दरखास्त आह्वान गरेको हो । तोकिएको योग्यता भएका इच्छुक व्यक्तिले अनलाइन प्रणालीमार्फत् आवेदन दिनु पर्नेछ ।
आवेदन दिने म्याद यही फागुनको २९ गतेसम्म रहेको छ । त्यसपछि दोब्बर दस्तुर तिरेर चैत ७ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्