काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्ने गरी विभिन्न पदमा आवेदन माग गरेको छ । कम्पनीले सूचना जारी गरेर विभिन्न पदका ७ जना कर्मचारीका लागि आवेदन माग गरेको हो ।
कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) (वित्त) ११ औँ तहदेखि अधिकृत (प्रशासन) छैठौं तहसम्मका लागि आवेदन खुलाएको छ । उक्त पदहरुमा आवेदन दिने अन्तिम मिति फागुन २९ गतेसम्म रहेको छ भने दोब्बर दस्तुर तिरेर चैत ७ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्