Skip to content
Prabhu

सरकारको गैरजिम्मेवारीका कारण नेपाल ‘ग्रे लिस्ट’ पर्‍यो : पूर्वगभर्नर क्षेत्री

काठमाडौं । राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले सरकारको हेलचेक्र्याइँका कारण नेपाल ग्रे लिस्टमा परेको बताएका छन् । अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई शुक्रबार मात्रै नकारात्मक सूची (ग्रे लिस्ट)मा राखेको थियो ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पूर्व गभर्नर अधिकारीले सरकारको गैर जिम्मेवारीका कारण यो अवस्था आएको बताएका हुन् । उनले त्यसबाट बाहिर आउन सरकार गम्भीर हुनुपर्नेमा पनि बताए । एफएटीएफको ‘ग्रे लिस्ट’बाट उन्मुक्ति पाउन उनीहरूले भनेका कुरा पालना गर्नुपर्ने र सुधारको स्पष्ट कार्ययोजना दिन सक्नुपर्ने उनको भनाइ थियो ।

global
अर्घाखाँची सिमेन्ट

एफएटीएफले मागेको कार्ययोजना समयमा नै सम्पन्न गरे नेपाल ग्रे लिस्टबाट हट्न सक्ने उनको भनाइ थियो । कार्यक्रममा अर्थविद् डा. रेवतबहादुर कार्कीले एफएटीएफले ४० परिसूचक निर्धारण गरेकामा नेपालले २१ वटा मात्र परिपालन गर्न सकेको बताए । नेपालले १६ वटा आंशिक र चार परिसूचक परिपालन हुँदै नभएको उनले उल्लेख गरे ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal