Skip to content
Prabhu

समता घरेलु लघुवित्तको साधारणसभा आज

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ औँ वार्षिक साधारणसभा आज बस्दैछ । संस्थाको ११ औँ साधारणसभा काभ्रेपलाञ्चोकको धुलिखेलस्थित मिराबेल रिसोर्ट एण्ड होटलमा बिहान साढे ११ बजेदेखि शुरू हुनेछ ।

सभाले हाल कायम चुक्ता पुँजीको आधारमा ५ प्रतिशत बोनस सेयर र ०.२६३१५७९० प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ । त्यसैगरी अन्य उपयुक्त लघुवित्तसँग मर्जर तथा सञ्चालक समितिका सदस्यहरूको भत्ता तथा सुविधा बढाउन र प्रबन्त्रपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

global
अर्घाखाँची सिमेन्ट

त्यसैगरी शेयर संरचना संशोधन गर्ने, गत आवको वित्तीय विवरणहरू पारित गरी चालु आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने, चालु आवको वार्षिक कार्यक्रम, योजना तथा बजेटमाथि छलफल सहित अनुमोद गर्ने र १ जना महिला सहित ४ जना संस्थापक र २ जना सर्वसाधारण सञ्चालकको निर्वाचन गर्नेछ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले माघ २४ गते बुक क्जोज गरिसकेको छ । बुक क्लोजको आधारमा माघ २३ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal