Skip to content
Prabhu

आइतबार फेरि २१ दिनका लागि ३० अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) बजारबाट ३० अर्ब रुपैयाँ उठाउने भएको छ । बजारमा अधिक तरलता भएसँगै राष्ट्र बैंकले आज उक्त रकम प्रशोचन गर्न लागेको हो ।

२१ दिन अवधीका लागि राष्ट्र बैंकले उठाउन लागेको ३० अर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले चैत ३ गते फिर्ता पाउनेछन् । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने केन्द्रीय बैंकले जनाएको छ ।

global
अर्घाखाँची सिमेन्ट

बैंकहरुले त्यसरी राखेको निक्षेपको ब्याजदर भने बोल कबोलका माध्यमबाट निर्धारण हुनेछ । अर्थात् सबैभन्दा थोरै ब्याजदर कबोल गर्ने बैंक तथा वित्तीय संस्थाको निक्षेप राष्ट्र बैंकले स्वीकार गर्ने राष्ट्र बैंकले जनाएको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal