Skip to content
Prabhu

हिमालयन लाइफको साधारणसभा सुरु

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको साधारणसभा सुरु भएको छ । कम्पनीको १७ वार्षिक साधारणसभा (आज) फागुन ११ गते काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड बैंक्वेटमा बिहान साढे १० बजेदेखि सुरु भएको हो ।

उक्त सभामा चुक्ता पुँजीको १४ प्रतिशत बोनस सेयर (कर सहित) वितरणको प्रस्ताव पारितका लागि पेश गर्नेछ । बोनस सेयर वितरणपछि चुक्ता तथा जारी पुँजी बढ्ने भएकाले सोही अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

global
अर्घाखाँची सिमेन्ट

त्यसैगरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याइनेछ। आव ०७९÷८० मा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव समेत सभाका लागि तय गरिएको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले माघ २५ गते एक दिन बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा माघ २४ गतेसम्म कायम सेयरधनी मात्रै समाभा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal