Skip to content
Prabhu

‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ मा फागुन १८ गतेदेखि आवेदन खुल्ने

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ मा फागुन १८ गतेदेखि आवेदन खुल्ने भएको छ । बैंकले १० वर्ष अवधि तथा वार्षिक ७.५० प्रतिशत ब्याजदर भएको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ सार्वजनिक निष्कासन गर्ने भएको हो ।

बैंकले प्रति ऋणपत्र १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट माघ १५ गते स्वीकृति पाएको थियो । जसमध्ये ६० प्रतिशतले हुने १८ लाख कित्ता ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट र ४० प्रतिशतले हुने १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिने जनाएको छ । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशतले हुने ६० हजार कित्ता ऋणपत्र सामूहिक लागनी कोषलाई सुरक्षित गरिएको छ ।

global
अर्घाखाँची सिमेन्ट

यो ऋणपत्र खरिदका लागि आवेदन दिँदा घटीमा २५ कित्ता र बढीमा १२ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । यसमा फागु्न २१ गतेसम्म आवेदन दिन सकिनेछ भने उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा चैत ३ गतेसम्म लम्बिनेछ । बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । यसको ब्याज भुक्तानी अर्धवार्षिक रूपले प्रत्येक ६–६ महीनाको अवधिमा हुने जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal