Skip to content

प्रि ओपन सेसनमा १९ अंकले घट्यो नेप्से

काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचकमा भारी गिरावट आएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक १९ दशमलव ६५ अंकले घटेको हो ।

यो सेसनको कारोबार पछि नेप्से परिसूचक २७२४ दशमलव ०९ विन्दुमा पुगेको छ । आजको यो सेसनमा १५ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । त्यस्तै १०६ कम्पनीको सेयर मूल्य घट्दा ८ वटाको स्थिर रहेको छ । त्यस्तै यो सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ३३ अंकले घटेर ४५३ दशमलव ६४ विन्दुमा पुगेको छ ।

Hyundai

आजको प्रि ओपन सेसनमा १३२ कम्पनीका ४६ हजार ६११ कित्ता सेयर ४१९ पटक खरिद बिक्री हुँदा ३ करोड ४६ लाख ७६ हजार ९९२ रुपैयाँको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्