काठमाडौं । आइतबारको सेयर कारोबार जारी रहँदा गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा पहिलो आधा घण्टामा नै यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
यो कम्पनीको सेयर मूल्य ७० रुपैयाँ ९० पैसाले बढेर ७८० रुपैयाँ २० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा १० प्रतिशतले धेरै हो । यो अवस्थामा समग्र सेयर बजार परिसूचक भने घटेर कारोबार भइरहेको छ । यो अवस्थामा नेप्से परिसूचक ११ दशमलव ५८ अंकले घटेर २७३२ दशमलव १५ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा २ अर्ब ५९ करोड माथिको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्