Skip to content
Prabhu

नेपाल बीमा प्राधिकरणले गर्याे मैद्रिक क्षति बीमासम्बन्धी निर्देशन जारी

काठमाडौं । नेपाल बीमा प्राधिकरणले मैद्रिक क्षति बीमासम्बन्धी निर्देशन जारी गरेको छ । प्राधिकरणले बैंक तथा वित्तीय संस्था, नगद कारोबार गर्ने संस्थाको परिसर तथा पारवहन प्रक्रियामा रहेको नगद, नगदजन्य उपकरण र सुरक्षण (सेक्युरिटी) तथा वित्तीय संस्थाको धितोबन्धकमा राखिएका नगद तथा नगदनज्य उपकरण र सुरक्षणमा आउनसक्ने जोखिमविरुद्धको रक्षावरण गर्ने बीमासम्बन्धी व्यवस्थाहरु जारी गरेको हो ।

बीमा ऐन, २०७९ को दफा १६६ ले दिएको अधिकार प्रयोग गरी बीमा प्राधिकरणले देहाएको निर्देशन जारी गरेको जनाएको छ ।

global
अर्घाखाँची सिमेन्ट

बीमा करारसम्बन्धी व्यवस्था

बीमकले यस निर्देशनबमोजिम जारी गरेको बीमालेख बीमक तथा बीमित बीचको द्वपक्षीय करार हुने व्यवस्था गगरेको छ । जसमा बीमालेखमा उल्लेखित शर्तहरु बीमक तथा बीमित दुवैले पालना गर्नुपर्ने छ । त्यस्तै बीमकले बीमा अवधि समाप्त हुनुभन्दा कम्तीमा १५ दिन अगावै बीमितलाई बीमालेखको अवधि समाप्त हुने लागेको जानकारी सहितको सूचना पठाउनुपर्ने छ । साथै बीमा प्रस्ताव फारम, तालिका बीमालेख तथा बीमालेखसँग संलग्न सम्पुष्टिलाई समेत बीमा करारको रुपमा लिनुपर्ने छ ।

बीमालेख जारी गर्ने :

बीमितिले बैंकर क्षतिपूर्ति बीमालेखका लागि अनुसूची १ बमोजिम प्रस्ताव फारम, नगद बीमालेखको लागि अनुसूची २ बमोजिमको प्रस्ताव फारम र निष्ठा जमानी बीमालेखको लागि अनुसूची ३ बमोजिमको प्रस्तव फारम पूर्णरूपमा भरी बीमक समक्ष पेश गर्नुपर्ने छ ।

त्यस्तै प्रस्ताव फारम प्राप्त भएपछि बीमकले बीमलेख जारी गर्नु अगावै आवश्यक सम्पूर्ण विवरण चेक जाँच गर्नुपर्ने छ । त्यस्तै बीमकले नेपाल राष्ट्रि बैंकबाट इजाजतपभत्र प्राप्त बैैंक तथा वित्तीय संस्थाहरुको लागि अनुसूची ४ बमोजिमको बैंकर क्षतिपूर्ति बीमालेख जारी गर्ने सक्ने व्यवस्था लगायतका व्यवस्था गरेको छ ।

बीमालेख नामसारीसम्बन्धी व्यवस्था :

यो व्यवस्थाअनुसार नगद बीमालेख तथा बैंकर क्षतिपूर्ति बीमालेख प्रथम बीमितबाट अन्य कुनै पक्षको नाममा नामसारी गर्न पाइने छैन् । तर, मर्जर पश्चता कायम रहेको सस्थाको नाममा बीमालेख नामसारी गर्न बाधा पुग्ने छैन । त्यस्तै बैंक तथा वित्तीय संस्थाबीच मर्जर भइ एकीकृत कारोबार भएको खवस्थामा संस्थाहरुको साविकको बैंकर क्षतिपूर्ति बीमालेखमध्ये एक कायम गरी अन्यको हकममा समानुपातिक बीमादर अनुसारकाके बीमाशुल्क लिई बाँकी अवधिको बीमाशुल्क फिर्ता गर्नुपर्ने छ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal