काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।
कम्पनीले १ः१ को अनुपातमा साविकका शेयरधनीलाई प्रतिसेयर १ सय रुपैयाँ दरको ६० लाख कित्ता बराबरको हकप्रद शेयर निष्कासन तथा गर्ने भएको छ ।
सोसम्बन्धी आज सम्झौतापत्रमा सहमति भएको हो । कालिञ्चोक दर्शन लिमिटेडको रजिष्टर्ड कार्यालय पिंगलास्थान, गौशाला, काठमाडौंमा आज आयोजित एक समारोहबीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र कालिञ्चोक दर्शन लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बालकृष्ण शिवाकोटीले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।
कालिञ्चोक दर्शन लिमिटेडले कालिञ्चोक गाँउपालिका–१, कुरी दोलखामा केबुलकार सञ्चालन गरिरहेको छ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।
प्रतिक्रिया दिनुहोस्