Skip to content

चलचित्रले मनोरञ्जन मात्र नभई अर्थतन्त्रलाई बलियो बनाउन योगदान गर्नसक्छः मन्त्री पाण्डे

nabil bank
Oplus_16908290

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आममानिसमा प्रभाव पार्न सक्ने भएकाले चलचित्र मनोरञ्जनमा मात्र सीमित नरहेको बताएका छन् ।

पर्यटन बोर्डको सभाहलमा आइतबार आयोजित ‘१३औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२५’ को समापन समारोहमा उनले चलचित्रमा देश विकासका तथ्यसँगै पर्यटन प्रवर्द्धनका विषयलाई जोड्न सकिने बताए ।

मन्त्री पाण्डेले भने, ‘कला र कलाकारिताको कुनै भाषा हुँदैन । भाषा नबुझेर पनि भावनाहरू महसुस गर्न सकिन्छ । यही कारण चलचित्र र कलाले समाजलाई सकारात्मक दिशातर्फ डोर्याउन सक्छ । चलचित्रमा मनोरञ्जनसँगै पर्यटन प्रवर्द्धनका दृश्य समावेश भएमा त्यसले अन्तर्राष्ट्रियस्तरमा हाम्रो सुन्दरतालाई प्रवर्द्धन गर्छ ।’

नेपाली चलचित्र उद्योगमा गुणात्मक सुधार आएको र अर्बौं कमाई गर्न सक्ने चलचित्र बनाउन सकिने सम्भावना रहेकाले यसले देशको अर्थतन्त्रलाई बलियो बनाउन योगदान दिने विश्वास व्यक्त गरे ।

कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण क्रियसन प्रालिको आयोजनामा काठमाडौंमा फागुन ९ गतदेखि सुरु भएको महोत्सवमा नेपालसहित १७ देशका ४९ वटा चलचित्र, वृत्तचित्रलगायत प्रदर्शनका लागि सहभागी भएको महोत्सव निर्देशक डब्बु क्षेत्रीले जानकारी दिए । उनले चलचित्रबाट अफ्रिकासँग नेपाललाई जोड्न १४ वर्षदेखि महोत्सव आयोजना गरिँदै आइएको बताए ।

समापन समारोहमा विभिन्न विधामा उत्कृष्ट भएका चलचित्र र चलचित्रकर्मीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime