Skip to content

मन्त्रिपरिषद्को बैठक बस्दै, बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति र कुलमान हटाउने एजेण्डा

nabil bank

काठमाडौं । सोमबार साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषद्को बैठकमा अर्थ, ऊर्जा, जलस्रोत तथा सिँचाइ र शिक्षा मन्त्रालयका एजेन्डाहरु रहेका छन् ।

उक्त बैठकमा सरकारले ल्याएको अध्यादेश पारित गर्ने विषयमा पनि छलफल हुने स्रोतले जनाएको छ । सरकारले अहिले ल्याएका अध्यादेश संसद्मा प्रस्तुत गर्न सकेको छैन । सरकारले ल्याएका अध्यादेशहरु संसद खुलेपछिको ६० दिनभित्र पारित गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । यदि उक्त समयमा अध्यादेश पारित नभएको खण्डमा स्वतः निष्कृय हुनेछ ।

सरकारले पुस १४ र २९ गते तथा माघ २ गते विभिन्न अध्यादेशहरु जारी गरेको थियो । राष्ट्रिय सभामा सरकारको बहुमत नहुँदा सरकारले अध्यादेश संसदमा पेस गर्ने सकिरहेको छैन । अध्यादेश दुवै संसद्बाट पारित हुनुपर्छ ।

त्यस्तै आजको मन्त्रिपरिषद्को बैठकले नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति गर्ने सम्भावना पनि रहेको छ । प्राधिकरणको अध्यक्ष सिफारिस समितिले सरकारसमक्ष ३ जनाको नाम सिफारिस गरिसकेको छ । आज नै मन्त्रिपरिषद्को बैठक भएकाले प्राधिकरणले अध्यक्ष पाउने सम्भावना रहेको छ ।

त्यस्तै सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पनि हटाउने सम्भावना रहेको स्रोतले जनाएको छ । करिब ६ महिनामात्र कार्यकाल बाँकी भएका घिसिङलाई हटाएर नयाँ कार्यकारी निर्देशक नियुक्त गर्ने सरकारको तयारी छ ।

पछिल्लो समय उद्योगीहरुको विद्युत बक्यौताका विषयलाई लिएर सरकार र प्राधिरकणका अध्यक्ष घिसिङ बीच बिवाद हुँदै आएको छ । ठूला व्यापारिहरुको इच्छाअनुसार सरकारले कुलमानलाई हटाउने तयारी गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले उनलाई हटाउने सम्भाना देखिन्छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime