Skip to content

व्यावसायिक माहुरीपालन फस्टाउँदै

nabil bank
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 41;

मन्थली । जिल्लामा व्यावसायिक माहुरीपालन फस्टाउँदै गएको छ । यहाँका स्थानीय तहहरुमा माहुरीपालन गर्नेको सङ्ख्या बढदै गएको छ । मन्थली र रामेछाप नगरपालिका, सुनापति गाउँपालिकालगायतका स्थानीय तहमा व्यावसायिक माहुरीपालन गरिएका छन्।

कम लगानीमा बढि आम्दानी हुने भएपछि यहाँका कृषक माहुरीपालनतर्फ आकर्षित भएका हुन् । सुख्खा ठाँउमा पनि माहुरीपालन गर्न सकिने भएकाले धेरैको रोजाइमा परेको छ । विशेषगरी सेरेना जातका माहुरीले प्रायः दुई/तीन महिनामै मह उत्पादन गर्ने भएकाले मह बिक्रीबाट आम्दानी लिन सजिलो हुने कृषक बताउँछन् । लामो समयसम्म रोजगारीको सिलसिलामा सहर बसेर फर्किनुभएका रामेछाप नगरपािलका–७ सुकाजोरका स्थानीय कृष्णबहादुर तामाङले गाँउमै केही गर्ने अठोटका साथ माहुरीपालन गरेका छन् ।

अवसरको खोजी गर्ने क्रममा अन्तिममा माहुरीपालन सहज लागेकोले आफू यस प्रति सन्तुष्ट रहेको उनको भनाइ छ । अहिले मह प्रतिकिलो एक हजारदेखि एक हजार पाँच सयसम्ममा बिक्री हुने गरको छ । एक सिजनमा एउटा घार बाट तीन केजीसम्म मह उत्पादन हुन्छ । एक वर्षमा चार पकटसम्म मह काढ्ने गरेको तामाङको भनाइ छ ।

मन्थली नगरपालिका–१ का चन्द्रबहादुर मानन्धरले दुई/तीन वर्षमै माहुरीपालन विस्तार गरी २० घार बनाएका छ । उनले हाल दुई सय किलोभन्दा बढी मह बिक्री गरिसक्नु भएको छ । सुरुमा माहुरीपालनसम्बन्धि कुनै ज्ञान नभएपनि छोटो अवधिकोे तालिम लिएर सुरु गरेकाले अहिले राम्रै आम्दानी गरेको उहाँले बताउनुभयो ।

उनले भने, ‘विषेशगरी तोरी फुलेका बेलामा माहुरीको मह चाँडो चाँडो काढ्न सकिन्छ । माहुरीको चरन क्षेत्र भनेको फुलवारी र तोरीवारी हो ।’ माहुरीपालन गर्ने कृषकले मह मात्र नभइ माहुरी सहितको घारसमेत बिक्री गर्ने गरेका छन् । सेरेना जातको माहुरीसहितको घार प्रतिगोटा रु. १० हजारसम्ममा बिक्री हुने कृषक बताउँछन् ।

मन्थलीमा सदावहार बहुद्देश्यीय सहकारी संस्थाले पनि माहुरीपालन सुरु गरेको छ । छोटो तालिम पश्चात सुरु गरेको माहुरीपालनबाट प्रतिकिलो एक हजार दुई सयदेखि एक हजार पाँच सयसम्मा गाँउघरमै मह बिक्री गर्ने गरेको सुनापति माहुरीपालन फार्मका सञ्चालक एवं खनियापानीका लालबहादुर मानन्धरले बताए।

उनले सेरेना र मेरीफेरा गरी दुई जातका माहुरीबाट एक सिजनमा एक सयदेखि एक सय पचास किलोसम्म मह उत्पादन गर्दै आएका छन् । खनियापनीस्थित रूपाकोटका १८ जनाले पनि ब्यावसायिक माहुरीपालन गरेका छन् । रूपाकोट माहुरीपालन कृषक समूहले ५३ घार एकै ठाँउमा माहुरीपालन गरेका छन् । खनियापानीमा मात्र पाँच सय घार माहुरीपालन गरिएको छ ।

महुरीपालनका लागि प्रधानमन्त्री कृषि आधुनिकिककरण परियोजनाले पनि विगतदेखि अनुदान स्वरूप सहयोग गर्दै आइरहेको छ । उक्त सहयोग चालु आर्थिक वर्षमा पनि गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाकी सूचना अधिकारी बिनिषा श्रेष्ठले जानकारी दिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime