Skip to content
Prabhu

एनआईसी एसिया लघुवित्तले बोलायो साधारणसभा

काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले चैत ८ गते शुक्रबार सातौं वार्षिक साधारणसभा बोलाएको छ।

कम्पनीले सभाका लागि लाभांशसम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन। सभामा सेयर संरचना परिमार्जन गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र सोका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पेस गरिनेछ।

global
अर्घाखाँची सिमेन्ट

यसका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनलगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको प्रस्ताव पनि सभाका लागि तय गरिएको छ।

साधारणसभा प्रायेजनार्थ कम्पनीले फागुन २८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजका आधारमा फागनु २७ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन्।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal