काठमाडौं । साताको सेयर कारोबार हुने दोस्रो कारोबार दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेको छ । आजको प्रि ओपन सेसनमा नेप्से ० दशमलव ८५ अंकले घटेको हो ।
अघिल्लो कारोबार दिन अर्थात आइतबार ११ दशमलव ६६ अंक बढेर २७५५ दशमलव ४० विन्दुमा बन्द भएको नेप्से परिसूचक आजको प्रि ओपन सेसनको कारोबार पछि घटेर २७५४ दशमलव ५४ विन्दुमा झरेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ० दशमलव ०७ अंक बढेको छ ।
सोमबार प्रि ओपन सेसनमा ७४ स्टकको १६३ पटकको कारोबारमा ७ करोड ३ लाख ७२ हजार ८०० रुपैयाँ ९० पैसाबराबरको ९२ हजार २२ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये २५ स्टकको मूल्य बढेको छ भने ३८ स्टकको मूल्य घटेको छ । बाँकी ११ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ ।
प्रतिक्रिया दिनुहोस्