Skip to content
Prabhu

गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । सोमबारको सेयर कारोबार जारी रहँदा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा पहिलो १५ मिनेटमा नै यो कम्पनीमा सर्किट लागेको हो ।

यो कम्पनीको सेयर मूल्य ७८ रुपैयाँले बढेर ८५८ रुपैयाँ २० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । यो अवस्थामा समग्र सेयर बजार परिसूचक पनि २२ दशमलव ९४ अंकले बढेर २७७८ दशमलव ३५ विन्दुमा पुगेको छ । पहिलो आधाघण्टाको कारोबार जारी रहँदा सेयर बजारमा १ अर्ब ३२ करोड भन्दा माथिको कारोबार भएको छ ।

global
अर्घाखाँची सिमेन्ट
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal