काठमाडौं । सोमबारको सेयर कारोबार जारी रहँदा विन नेपाल लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा पहिलो आधा घण्टाको कारोबार अवधिमा नै यो कम्पनीमा नकारात्मक सर्किट लागेको हो ।
समग्र बजार परिसूचक बढीरहेको अवस्थामा पनि यो कम्पनीको सेयर मूल्य ४१९ रुपैयाँ ९० पैसाले घटेर ३ हजार ७७९ रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो ।
यो अवस्थामा सेयर बजार परिसूचक २७ दशमलव २६ अंकले बढेर २७८२ दशमलव ६६ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा १ अर्ब ५४ करोड भन्दा माथिको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्