काठमाडौं । सोमबारको सेयर कारोबार जारी रहँदा बजारमा करिब ३ अर्बको कारोबार भएको छ । आजको कारोबार जारी रहँदा पहिलो एक घण्टाको अवधिमा २ अर्ब ९८ करोड ७७ लाख ५२ हजार १९२ रुपैयाँ बराबरको कारोबार भएको हो ।
यो अवधिमा नेप्से परिसूचक २२ दशमलव ४४ अंकले बढेर २७७७ दशमलव ८४ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा १७७ कम्पनीको सेयर मूल्य बढेको छ भने ६२ कम्पनीको घटेको छ । त्यस्तै ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । यो अवस्थामा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एउटामा नकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्