Skip to content
Prabhu

बीमा प्राधिकरणको अध्यक्षमा ओझा सहित तीन जनाको नाम सिफारिस, आजै अध्यक्ष नियुक्त हुने सम्भावना

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिले नेपाल सरकारलाई ३ जनाको नाम सिफारिस गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको नेतृत्वमा गठन भएको सिफारिस समितिले शरद ओझा, रामशरण पुडासैनी र डा. दामोदर बसौलाको नाम सिफारिस गरेको हो ।

सिफारिस समितिले कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्तापछि सर्टलिस्टमा परेका ५ जनामध्ये ३ जनाको नाम सिफारिस गरेको हो । अब मन्त्रिपरिषद्ले तीन जनामध्ये एक जनालाई प्राधिरणको अध्यक्ष नियुक्त गर्नेछ ।

global
अर्घाखाँची सिमेन्ट

सम्भवतः आज नै प्राधिकरणको अध्यक्ष नियुक्त हुने सम्भावना पनि रहेको छ । आज मन्त्रिपरिषदको बैठक बस्दैछ । साँझ ५ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाइएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal