Skip to content
Prabhu

लघु निर्जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन ५० करोडमाथि

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनाको अवधिसम्ममा लघु निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ५० करोडभन्दा माथि पुगेको छ । बीमा प्राधिकरणको तथ्यांकअनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा लघु निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ५० करोड २८ लाख पुगेको हो ।

चारवटा निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघ महिनासम्मको अवधिमा २ लाख २४८ बीमालेख मार्फत उक्त बीमा शुल्क संकलन गरका हुन । तथ्यांकअनुसार यो अवधिमा सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्न सफल लघु निर्जीवन बीमा कम्पनीमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी रहेको छ । यो कम्पनीले माघ महिनासम्मको अवधिमा १४ करोड ४६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो कम्पनीले हालसम्मा ५८ हजार ११७ वटा बीमालेख जारी गरेको छ ।

global
अर्घाखाँची सिमेन्ट

त्यस्तै, ४७ हजार ६९४ बोमालेखमार्फत प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले १२ करोड ४९ लाख रुपैयाँको बीमा शुल्क संकलन गरेको छ । चार वटा लघु निर्जीवन बीमा कम्पनीमध्ये स्टार माइक्रो इन्स्योरेन्सको व्यवाय ११ करोड ६६ लाख रुपैयाँ पुगेको छ । यो अवधिसम्मका यो कम्पनीले ५२ हजार ८३७ वटा बीमालेख मार्फत उक्त व्यवसाय गर्न सफल भएको हो ।

त्यस्तै सबैभन्दा कम बीमा शुल्क ट्रस्ट माइक्रो इन्स्योरेन्सले गरेको छ । यो कम्पनीको ११ करोड ४३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यो कम्पनीले ४१ हजार ६०० बीमालेख जारी गरेर उक्त शुल्क संकलन गर्न सफल भएको हो ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal