Skip to content
Prabhu

माघ मसान्तसम्मा निर्जीवन बीमा कम्पनीको व्यवसाय २४ अर्ब, कुनको व्यवसाय कति ?

काठमाडौं । निर्जीवन बीमा कम्पनीको व्यवसाय २४ अर्बभन्दा माथि पुगेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघ मसान्तसम्मको विवतरणअनुसार निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय २४ अर्ब २७ करोड ४१ लाख रुपैयाँ पुगेको हो ।

१४ वटा ठूला निर्जीवन बीमा कम्पनीहरुको यो व्यवसाय गत आर्थिक वर्षको सोही अवधिको भन्दा ७.८० प्रतिशतले धेरै हो । गत आवको माघ मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीको व्यवसाय २२ अर्ब ५१ करोड ६७ लाख रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा कुल बीमा शुल्क आर्जनमा शिखर इन्स्योरेन्स अग्रस्थानमा रहेको छ ।

global
अर्घाखाँची सिमेन्ट

त्यस्तै गत वर्षको तुलनामा नेपाल इन्स्योरेन्स र द ओरियण्टल इन्स्योरेन्सको बीमा ब्यवसाय वृद्धिमा अघि देखिएका छन् । यस अवधिमा शिखर इन्स्योरेन्सको व्यवसयाय ३ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । यो गत आवको सोही अवधिको भन्दा ८.१६ प्रतिशतले धेरै हो । गत आवको समीक्षा अवधिमा कम्पनीको यस्तो व्यवसाय २ अर्ब ८९ करोड रुपैयाँ रहेको थियो ।

त्यस्तै यो अवधिमा सगरमाथा लुम्बिनी इन्स्यारेन्सको बीमा व्यवसाय २ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ पुगेको छ । यो कम्पनीको गत आवको सोही अवधिमा २ अर्ब ६७ करोड २१ लाख रुपैयाँको व्यवसाय गरेको थियो ।

त्यस्तै चालु आर्थिकवर्षको माघ मसान्तसम्ममा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको व्यवसाय २ अर्ब ४४ करोड ७४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको व्यवसाय २ अर्ब २ करोड ६८ लाख रुपैयाँ पुगेको छ । त्यस्तै नेको इन्स्योरेन्सको १ अर्ब ९५ करोड २ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सको १ अर्ब ९२ करोड १८ लाख रुपैयाँ र एनएलजि इन्स्योरेन्सको व्यवसाय १ अर्ब ६२ करोड १६ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै माघ महिनासम्मको विवरणअनुसार द ओरियन्ट इन्स्योरेन्सको व्यवसाय १ अर्ब ५२ करोड ५२ लाख रुपैयाँ युनाइटेड अजोड इन्स्योरेन्सको १ अर्ब ४० करोड १४ लाख रुपैयाँ, सानिमा जिआईसी इन्स्योरेन्सको १ अर्ब ३८ करोड ५२ लाख, नेपाल इन्स्योरेन्सको १ अर्ब २५ करोड ९५ लाख, प्रभु इन्स्योरेन्सको १ अर्ब ३ करोड ८ लाख, राष्ट्रिय बीमा कम्पनी ९४ करोड ५ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सको ६९ करोड ३४ लाख रुपैयाँको व्यवसाय गर्न सफल भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal